मोटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्ष थापा घाइते



१ जेठ, रामेछाप ।
दोरम्बा गाउँपालिका–७ लखनपुरका वडा अध्यक्ष रेम थापा मोटरसाइकल दुर्घटनामा परेका छन् । आज बिहान वडा कार्यालयबाट गाउँपालिकाको कार्यक्रम टोकरपुरतर्फ जाने क्रममा दुर्घटनामा परेका हुन् । थापाले चलाएको बा २ ब ९८९८ नम्बरको माटरसाइकल दुर्घटना हुँदा उनीको दाहिने हात कुहिनो खुस्किएको छ ।

दोरम्बा गाउँपालिका–५ का वडा अध्यक्ष गंगा बहादुर तामाङले घाइते थापालाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमार्डौ पठाइएको रामेछाप न्युजलाई जानकारी दिए । उनीसँगै पछिाडि बसेको वडा नम्बर ५ का वडा सचिव भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्