रामेछापमा नेकपाको पदाधिकारी ७ र सचिवालय ४५ सदस्यीय बन्ने



७ जेठ, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापको जिल्ला कमिटीका सस्यहरुको सपथ जेठ १० गते हुने भएको छ । १ सय ३५ सदस्यीय जिल्ला कमिटीका सदस्य मध्य १ सय ३३ जनाले मात्र सपथ लिन लागेका हुन् । आन्तरिक विवादको कारण जिल्ला अध्यक्ष मैन कुमार मोक्तानले दुई जनाको नाम पछि थप्ने गरी तीन नम्बर प्रदेश कमिटीमा नामावली बुझाएका थिए । जुन नाम प्रदेश कमिटीको बैठकले अनुमोदन गरिसकेको छ । जेठ १० गते जिल्ला कमिटीका सदस्यहरुले सपथ लिने कार्यक्रम तय भएको नेकपाका जिल्ला सचिव शान्ति पौडेलले रामेछाप न्युजलाई बताए । तत्कालिन एमालेबाट ६९ र माओवादी केन्द्रबाट ६६ जना गरी रामेछापमा १ सय ३५ सस्यीय जिल्ला कमिटी बनेको हो ।

७ जनाको पदाधिकारी
नेकपा रामेछापमा सात सदस्यीय पदाधिकारी बनाइने भएको छ । पदाधिकारीमा यस अघि नै तत्कालिन एमालेबाट ४ र माओवादी केन्द्रबाट तीन जना रहने गरी सहमति भइसकेको छ । पूर्व एमालेबाट तत्कालिन जिल्ला कमिटीका उपाध्यक्ष प्रेम तामाङ, सचिव आनन्द श्रेष्ठ र उप–सचिव झम्क कडेल पदाधिकारीमा रहने निश्चित भएको छ । पूर्व माओवादीमा भने आकांक्षी धेरै हुँदा दुई जना पदाधिकारी थप्न निकै सकस परेको छ । आन्तरिक गृहकार्य भएपनि नेताहरुबीच सहमति जुटन सकको छैन् । सचिव पौडेलले छिट्टै पदाधिकारीलाई पूर्णता दिने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताए ।
४५ सदस्यीय सचिवालय
जिल्ला कमिटीले पूर्णता पाएसँगै रामेछापमा नेकपाको ४५ सदस्यीय सचिवालय बन्ने भएको छ । जिल्ला कमिटीको एक तिहाई अर्थात ४५ सदस्यीय सचिवालय बन्न लागेको छ । तत्कालिन दुई पार्टीबीच भएको सहमति अुनसार पूर्व एमालेले २३ र माओवादी केन्द्रले २२ लिने छन् । जस अनुसार पूर्व एमालेबाट तत्कालिन २४ सदस्यीय सचिवालयबाट एक जनालाई हटाएर २३ जना छनोट हुने भएका छन् भने पूर्व माओवादी केन्द्रभित्र पनि सचिवालयमा कुन मापदण्ड अुनसार चयन भन्ने अन्यौलता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्