कांग्रेसको जागरण अभियानः धाराको टुटी होइन मुहान नै सफा गरौं
नेपाली काँग्रेस नेपालको सबै भन्दा ठूलो र पूरानो लोकतान्त्रिक समाजवादी पार्टी हो । जसले मूलकको सबै परिवर्तनहरुमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आज आएर यो पार्टी इतिहासकै सबैभन्दा कमजोर अवस्थामा गुज्रिएको छ । नेतृत्वहरु ३६ को आकारमा पिठ फर्काएर बसेका छन् भने तल्लो निकायका कार्यकर्ताहरु कुहिरोको काग जस्तै अन्यौलमा रहेका छन् ।
आप्mनै नेतृत्वको सरकारले गराएको तीन तहकै निर्वाचनमा अपत्यारिलो हार व्यहोरेसँगै पार्टी भित्रको आन्तरिक किचलो झन् सतहमा आइपुगेको छ । व्यक्तिपिच्छेका गुट, गुट पिच्छेका कार्यकर्ताहरु जन्माउने र हुर्काउने होडबाजीले कार्यकर्तास्तरमा मात्र हैन भोटर स्तरसम्म विभाजन मौलाएको छ । चरम अनुशासन हिनता, गुटबन्दी, अन्तर्घात र बेथितिको मारले गर्दा पार्टी सामान्य चाकरले तङ्ग्रिन सक्ने अवस्थामा छैन् ।
पार्टीको बिधान बमोजिम गठन भएका संरचनाहरुको एक आपसमा कुनै समन्वय छैन । तहगत रुपमा जिम्मेवारी पूरा गर्नुको साटो आपूmभन्दा माथिल्लो तहको विरोधमा खुलेर लाग्ने अनि चोक, चौतारो, भट्टी, चिया पसलामा मात्र हैन बिभिन्न खाले मञ्चमा पार्टी र नेता कार्यकर्ताहरुको खुलेर आलोचना र टिकाटीप्पणीमा रमाउन थालिएको छ ।
निरन्तर पार्टीमा लागेका पूराना अनि संकटको बेलामा पार्टीलाई संरक्षण गर्न योगदान दिएका कार्यकर्ताहरुको कुनै मुल्यांकन तथा खोज खबर पार्टी नेतृत्वले कहिल्यै पनि गरेन । बिहान बेलुका ढोकामा आएकाहरु मात्र आप्mना हुन् भन्ने भ्रममा नेतृत्व रह्यो । पार्टी सरकारमा हुँदा कार्यकर्ताहरु सँधै छायाँमा परिरहे । आज पनि कार्यकर्ताहरु निम्छरो हुन बाँध्य छन् ।
माओवादी द्वन्द्वकालमा मृत्युवरण गरेका, बेपत्ता भएका अङ्गभङ्ग, घाइते तथा आन्तरिक रुपमा विस्थापितहरु र उनीहरुको परिवारलाई पार्टी सरकारमा हुँदा न खोजी गर्यो न उचित राहत र क्षतिपूर्ति नै दियो न उनीहरुको उपचार नै भयो । उनीहरुको बिचल्ली हेर्ने र सान्त्वना दिने काम पनि भएन ।
पार्टीका नेताहरु प्रधामन्त्री भए, शान्ती मन्त्री भए गृह मन्त्री भए, अर्थ मन्त्री भए तर हिजो माओवादीहरुले मट्टीतेल खन्याएर जिउँदै आगो लगाएर मारिएकाहरु, ढुङ्गगाले किचिकिचि मारिएकाहरु, ब्लेडले हातखुट्टा चिरेर नुन्चुक लगाएर मारिएकाहरु, रुखमा किला ठोकेर मारिएकाहरु अनि आप्mनो सम्पत्ती र थातथलो छाडेर आन्तरिक रुपमा विस्थापित भएकाहरुले न न्याय पाए न समाजमा खुलेर बाँच्न पाए न जीवन धान्न सक्ने राहत पाए ।
यी र यीनका परिवारजनका काँगे्रसहरुको न खोजी भयो न सम्मान र परिवारको संरक्षण नै भयो । द्वन्द्वको कारणले तितरभितर भएका काँग्रेसहरुलाई पुरानो स्थानमा पु¥याउने कुनै कार्यक्रम ल्याउन नसक्दा गाउँमा काँगे्रसको संगठन कमाजोर भएको अवस्था अहिले सम्म पनि छ । काँग्रेस पक्षधर द्वन्द्व पीडितहरुको अवस्था अहिले पनि कहाली लाग्दो छ । उनीहरुले अहिलेसम्म पनि आत्मा सम्मानका साथ समाजमा बस्न सक्ने अवस्था रहेको छैन ।
डर त्रास बाँकी नै छ । त्यो वर्गलाई आप्mनो गाउँ ठाउँमा गएर आत्मसम्मानका साथ बस्न सक्ने अवस्थाको सृजना नगरुन्जेलसम्म पार्टीको सांगठानिक अवस्थामा परिवर्तन ल्याउन कठिन छ ।
एउटा समय थियो पार्टीेका साथीहरु भेट्दा माया पलाउँथ्यो । एक अर्कामा खुलेर कुरा गरिन्थ्यो । नेताहरुप्रति आदरभाव प्रकट गरिन्थ्यो । नेताहरुलाई भेट्दा खुसीको सीमा रहन्न्थ्यो । पार्टीको बिरोध कसैले ग¥यो भने त्यसको जमेर प्रतिबाद गरिन्थ्यो । पार्टीको एकजना मान्छे भेट्दा घर परिवारको मान्छे भेटेको भन्दा धेरै खुसी भइन्थ्यो ।
तर आज त्यो अवस्था रहेन । आज त कुनै नेताप्रति आदरभाव प्रकट गर्यो भने त्यो गुटमा लागेछ वा फलानाको मान्छे बनेछ भनेर कित्ताकाट गरिदिन्छ अर्को साथीले । नेताहरुले कार्यर्तालाई चिन्न छाडे, पार्टीको कार्यकर्ता भन्दा आप्mनो गुटको मान्छेलाई मात्र माया गर्ने र पार्टीको कार्यकर्ता बनाउने भन्दा पनि आप्mनो पकेटको मान्छे बनाउन नेताहरुको होडवाजी चलिरहेको छ । कार्यकर्ताहरु पनि काम गरेर गौरवका साथ म नेपाली काँग्रेसको कार्यकर्ता हुँ भन्ने भन्दा म फलानो दाईको मान्छे भन्नमा गर्व गरिरहेको अवस्था छ ।
पार्टीको मूलधारमा रहेर काम गर्ने र पार्टीको संगठनलाई मजबुद्ध गराउने कार्यलाई बिर्सेर आप्mनो गुटको नेता झारेर कार्यक्रम गर्ने र पार्टीभित्रका आपूmलाई मन नपर्ने मान्छेको खेदो खन्ने, अपमान गर्ने र खुइलयाउने कार्यले पार्टी कमजोर भइरहेको छ । पार्टीमा साथीहरु बीचको सम्बन्धमा झन् झन् ठूलो दरार् पैदा भइरहेको छ । कर्तव्य पूरा नगर्ने तर अधिकतम् अधिकार खोज्ने मान्छेहरुको भीड पार्टीभित्र बढ्दै गइरहेको छ ।
पार्टीमा लागेको त्यो जमात तुरुन्त प्रतिफल चाहान्छ । पार्टीको मूल्य मान्यता, आदर्श सिद्धान्त भन्दा नि पार्टीलाई त्यही भिडतर्फ लैजान चाहन्छ त्यो जमात । पार्टीको संगठनमा भन्दा भिडको संख्या बढाउने र आपूm नेता बन्ने ध्याउन्नमा छ त्यो जमात । पार्टीको माया र नेताहरुको सम्मान अनि आप्mना साथीभाईहरु बीचको एकता नहुने हो भने भिड मात्र जम्मा गरेर पार्टीले उच्च सफलता प्राप्त गर्न सक्दैन ।
सधैभरि पार्टीको मान्छे बन्ने, पार्टी भित्रका पदहरु प्राप्त गर्नको लागि मरिमेटेर लाग्ने तर निर्वाचनमा आफुले टिकट नपाए पार्टीको उम्मेदवारलाई अन्तर्घात गरेर हराउने कार्यमा लाग्ने नेता कार्यकर्ताहरुको लाईन पनि नेपाली काँग्रेसभित्र बिशाल रहेको छ । सँधै पार्टीको मान्छे अनि चुनावको दिन अर्को पार्टीलाई मतदान गर्ने खालका मान्छेहरु जम्मा गरेर बनाइएको संगठनले नेपाली काँगे्रसलाई थप कमजोर बनाइरहेको छ ।
पार्टीमा सँधै काम गरिरहने, नेताहरुसँग भन्दा नागरिकको काममा लागिरहेका कुनै पनि शक्ति केन्द्रसँग नजिक नरहेका कार्यकर्ताहरु क्रमिक रुपमा पलायन हुने अवस्था भएको छ । आप्mनो अगाडी पछाडी लाग्ने, आप्mनो गुणगान गाउने र आप्mनो खन खाँचो टार्ने, गाडी हेलिकप्टहरुमा सयर गराउने र सुखसयल गराउने मान्छेहरु मात्र नेताहरुको नजरमा परिरहेका छन् ।
अब यो पार्टी सबैको साझा बनाउनको लागि नेताहरुको चेत खुल्नुपर्छ ।
अब पार्टीको अधिवेशनमुखी संगठन गरेर मात्र पार्टीलाई मजबुद्ध बनाउन सकिँदैन । आफू आफूमा त जितहार हुन्छ त्यसले खास परिणाम दिँदैन । परिणाम प्राप्त गर्नको लागि त अब गरिने संगठन पार्टीका उम्मेदवारहरु विपक्षी पार्टीहरुका उम्मेदवारलाई जित्न सक्ने किसिमले बनाउनु पर्दछ । नेपाली काँग्रेस ठूलो पार्टी बन्नका लागि अरु कुनै पार्टीसँग मिलिराख्नु पर्दैन ।
कुनै शक्तिसँग पार्टी एकता गरिरहनै पर्दैन आपूmभित्रकै ३ समूह (तीन पार्टी) एकता हुने हो भने हामी दुनियाँका सबै शक्तिहरुसँग राम्रैसँग प्रतिस्पर्धा गर्न सक्ने छौं र जित्ने छौं । पार्टीका उम्मेदवारलाई भोट नहाल्ने, अन्तर्घात गर्ने, चुनाव प्रचारमा सुतेर बस्ने वा बजारमा निस्केर पार्टीका उम्मेदवारको खिलाफमा बोल्ने त्यस्ता नेता कार्यकर्ताहरुलाई माया गरेर अनि पार्टीभित्रको जिम्मेवारी दिएर राख्नु भन्दा निर्दयी भएर कार्वाही गरेर निकाल्न सक्नुपर्दछ ।
काम गरेको आधारमा जिम्मेवारी दिनु पर्दछ । कार्यकर्ताहरुलाई विभाजन गराउने र एकले अर्काको आलोचना गर्ने काम पहिले केन्द्रबाट सुरु हुनु जरुरी छ । पानी धमिलो आयो भनेर धाराको टुटी माझेर पानी सङ्लो आउँदैन मुहान सफा हुनुपर्दछ पानी सफा आउनलाई ।
बिगतको निर्वाचनबाट पाठ सिक्द,ै पार्टी भित्रका विवादहरुलाई समाप्त गर्दै नयाँ उर्जाका साथ पार्टीको संगठन गर्न सके मात्र नेपाली काँग्रेसको भविष्य अनि यही पार्टीमा आप्mनो उर्जाशिल जवानी लगानी गरेका मान्छेहरुको भविष्य निर्माण होला । नत्र पार्टीलाई प्रालि बनाएर आप्mनो वरिपरी बिहान बेलुका परिक्रमा गर्नेहरुलाई मात्र प्राथमिकता दिने हो भने पार्टी बलियो बनाउन सक्ने अवस्था छैन ।
(लेखक कार्की नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हुनुहुन्छ ।)