जनप्रतिनिधिहरु पार्टीको नीतिमा चल्नु पर्छः अध्यक्ष मोक्तान
११ जेठ, रामेछाप ।
नेकपा रामेछापका जिल्ला अध्यक्ष मैन कुमार मोक्तानले जनप्रतिनिधिहरु पार्टीको नीतिमा चल्नु पर्ने बताएका छन् । पार्टीले निर्वाचनमा अगाडि सारेको घोषणापत्र अनुसार काम गर्न जनप्रतिनिधिहरु लाग्नु पर्ने बताएका छन् ।
जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले पार्टीलाई मबजुद्ध बनाउनको लागि सबैसँग सहकार्य गरेर मात्र अगाडि बढने बताए ।
‘पार्टीलाई एकताको चाहना र भावना अनुसार सबै अगाडि बढनु पर्छ’, उनले भने,‘पार्टीले ठोस योजना सहित स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्छ ।’ स्थानीय तहका जनप्रतिनिििधहरुले आफू खुसी चल्न थालेको आरोप लागि रहेको बेला अध्यक्ष मोक्तानको यस्तो अभिव्यक्ति आएको हो ।