नियम नमान्ने कर्मचारीलाई कारवाही गछौः प्रजिअ केसी



१२ जेठ, रामेछाप ।
सरकारी कार्यालयमा कार्यालय समयभित्र कर्मचारी नभेटिने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछाप जिल्लास्थित सरकारी कार्यालयहरुमा छडके अनुगमन सुरु गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालयबाट खटिएको छड्के अनुगमन टोलीले जिल्लास्थित अधिकाशं सरकारी कार्यालयमा कर्मचारी नभएको फेला पारेको हो ।

विभिन्न कार्यालयमा गरेको छड्के अनुगमनमा ६१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले बताउनुभयो । उहाँका अनुसार अधिकाशं कर्मचारीहरुले परिचय पत्र नलगाएको र केहीले पोशाक नै नलगाएको पाइएको छ । प्रजिअ केसीले रामेछाप न्युजसँग भन्नुभयो,‘नियम नमाल्ने कर्मचारीमाथि कारवाही हुन्छ, कार्यालय समयमा अनिवार्य उपस्थित हुन र पोशाक लगाउन निर्देशन जारी गरिसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्