कुलमान घिसिङको सक्रियताः एकै दिन तीन सबस्टेशन सञ्चालनमा



२१ जेठ, काठमाडौं ।
विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

सहज रुपमा विद्युत्को पुहँच पु¥याउने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ प्राधिकरणले सबस्टेशन निर्माण तथा क्षमता विस्तारलाई प्राथमिकता दिएको हो । प्राधिकरणले विद्युत्को पहुँच बढाउँदै विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेशनका काम धमाधम सम्पन्न भइरहेको छ ।

प्राधिकरणले तीन सबस्टेशनको निर्माण सम्पन्न गरी सोमबारदेखि सञ्चालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३÷११ केभी सबस्टेशनको परीक्षण गरी सञ्चालनमा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत् आपूर्ति सुधार गर्न क्रमशः बोदेबर्साइन र पालुङटार सबस्टेशन निर्माण गरिएको हो ।

यस्तै बाँकेको धामपुरमा निर्माण भएको ३३÷११ केभी सबस्टेशनको निर्माण सम्पन्न भई परीक्षण भई चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७ को जेठबाट धामपुर सबस्टेशन निर्माण शुरु गरेको थियो । सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थित, भरपर्दो तथा प्रभावकारी हुने तथा प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

“विगत १० वर्षदेखि अलपत्र अवस्थामा रहेको सबस्टेशनको काम सम्पन्न भएको छ, यसले प्राधिकरणलाई त खुशी तुल्याएको छ नै त्योभन्दा बढी खुशी स्थानीयवासीलाई तुल्याएको छ”, कार्यकारी निर्देशक घिसिङले भने । ठेक्का लागेपछि ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका समस्या झेल्दै १०÷११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा आएको भन्दै उहाँले बाँकीको कामसमेत छिट्टै सम्पन्न हुने बताए ।

देशबाट विद्युत्भार कटौतीको अन्त्य भएपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा प्राधिकरणले अगाडि बढाएको छ । नेपाल सरकार, प्राधिकरणको लगानी र दातृ निकाय एशियाली विकास बंैक ९एडीबी०को सहुलियतपूर्ण ऋणमा वितरण सबस्टेशको निर्माण भइरहेको छ । एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेशनको निर्माण भइरहेको छ । यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलियालगायतका सबस्टेशन सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्