रामेछापमा विकासको लहर चलेको छः मन्त्री ढुंगेल



२१ असार, रामेछाप ।

प्रदेश नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभर विकास निर्माणको लहर चलेको बताएका छन् । विगत लामो समयदेखि विकास निर्माणमा पछि परेको रामेछापमा अहिले विकासको लहर चलेको बताएका हुन् ।

शनिबार रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा एसियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न बिष्णु जनज्योति माविको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले जिल्लाको सबै स्थानीय तहमा माग अनुसार प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गरिएको बताए ।

उनले बजेटको प्रभावकारी कार्यान्वयन गरेर परिणाम निकाल्ने काममा स्थानीय तहले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिदै जिल्लालाई समृद्ध बनाउन सबै पक्ष एकताबद्ध भएर लाग्नु पर्ने बताए ।

कृषि , सडक र खानेपानीलाई विशेष महत्व दिएर काम गरिरहेको बताउदै प्राथमिकताको आधारमा मात्र यस बर्ष योजना छनोट भएको बताए । प्रदेश सरकारले कृषि , खानेपानी , सडक पुर्वाधार विकास, पर्यटन विकासका क्षेत्रमा निकै महत्वपुर्ण काम भएको बताउदै प्रमुख प्रतिपक्ष दलले राम्रो काम गर्दा पनि विरोध मात्र गरेर बताए ।

प्रतिक्रिया दिनुहोस्