‘बेवाच’मा भिलेन बन्नु सबैभन्दा उत्कृष्ट: प्रियंका
हलिउडमा आफ्नो दर्हो उपस्थिति जनाइरहेकी अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्ममा भिलेन हुनु आफैमा उत्कृष्ट हुनु हो भन्ने बताएकी छन्। उनी हलिउड फिल्म ‘बेवाच’मा एन्टागोनिस्टको भूमिका रहेकी छन्।
‘क्वान्टिको’ स्टार प्रियंकाले वास्तविक जीवनमा गर्न नपाइने खलनायकी चरित्र गर्नु आफैमा एउटा लत जस्तो भएको धारणा राखिन्।
उनले भनिन्, ‘ ‘बेवाच’मा भिलेन भएर काम गर्नु सबैभन्दा उत्कृष्ट काम हो।’