साँघुटारका आगलागी पीडितलाई राहत वितरण
रामेछाप । साउन ९ गते,
रामेछापको साँघुटार बजारमा आगलागी पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले नगद सहित राहत सामाग्री वितरण गरेको छ । घटना घटेलगत्तै प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डेको नेतृत्वमा गएको टोलीले साँघुटार पुगेर राहत सामाग्री वितरण गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति रामेछापकी संयोजक समेत रहेकी प्रजिअ केसीले आगलागीबाट घरवार विहीन भएका ४ घरपरिवारलाई प्रति परिवार १० हजारका दरले नगद र नेपाल रेडक्रस सोसाइटी रामेछापले उपलब्ध गराएको घरयासी सामाग्री प्रदान गरेको छ ।
आगलागीमा परी पूर्णरुपमा घर नष्ट भएका राजन सुवेदी, अंकित श्रेष्ठ, अमिस मगर र हरिमाया मगरलाई जिल्ला विपद व्यवस्थापन समितिले नगद १० हजारका दरले आर्थिक सहयोग गरेको हो । त्यसैगरी जलेर नष्ट भएको घरमा कोठा भाडामा बसेका रविन खत्री, राजन दाहाल र हिरा श्रेष्ठलाई तत्काल आवश्क पर्ने घरयासी सामाग्री प्रदान गरिएको छ ।
रामेछाप नगरपालिका–३ साँघुटार बजारमा बिहिबार बिहान ८ बजेबाट करिव ३ घण्टासम्म भएको आगलागीबाट एउटा पक्की सहित चार घर जलेर नष्ट भएको थियो । आगलागीमा भएको क्षतिको वितरण भने संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिए ।