खैरेनीघाटबाट प्रचण्डको चेतावनीः ज्ञानेन्द्रले बकवास बन्द गर्नुपर्छ (भिडियोसहित)
१९ साउन, सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको इतिहासमा महत्वपूर्ण भूमिका खेल्ने जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताएका छन् । आइतवार रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको नवनिर्मित पुलको उदघाटन गदै उनले देशको विकास गर्नको लागि नेकपा नेतृत्वको सरकार प्रतिबद्ध भएर लागएको बताएका हुन् ।
स्थानीय तह र सातै प्रदेशहरुले विकास निर्माण देखि सामाजिक सुरक्षा जस्ता जति पनि कामहरु सुरु गरेको बताउदै उनले केन्द्र सरकारकाले अहिलेको बजेट र नीति तथा कार्यक्रममा जनताको भावनालाई सम्बोधन गर्ने कोशिस गरेको बताए । प्रचण्डले आउने वर्षमा हाम्रो विकासले अझ ठूला ठूला गति लिन्छन् भन्ने विश्वासको आधार तयार गरेको छ ।
हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरु सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका छन्, जम्मा डेढ वर्ष भयो सरकार बनेको, स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ । दुई वर्ष पुगेकै छैन तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन्,उनले भने । एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नुभएको पनि होला । यो मञ्चमा बसेर देशभरका जनतालाई अपील गर्न चाहान्छु– तिनीहरुले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्, त्यो कहिल्यै पुरा हुुने छैन । प्रचण्डले भने,‘हामी सानो दुःख, त्याग र बलिदानले यो ठाउँमा आएका होइनौं । हामीलाई कसैले दया माया गरेर कम्युनिष्ट पार्टीलाई दुईरतिहाई दिएको होइन ।’
भिडियाे
तस्बीर भिडियो सिएम प्रचण्ड डटकमबाट साभार