रामेछापको मन्थली विमानस्थल स्तरउन्ती गर्ने मन्त्री भट्टराईको घोषणा
११, भदौ, काठमाडौं ।
राजधानी काठमाडौंबाट नजिकै रहेको रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली विमानस्थलको थप स्तरउनन्ती हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकैको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने घोषणा गरेका हुन् ।
काठमाडौं नजिकै काभ्रेमा वैकल्पिक विमानस्थल बनाउने यस अघि सरकारले अध्ययन गरेको थियो । तर मन्त्री भट्टराईले काभ्रेमा भन्दा पनि राजधानीबाट नजिकै सञ्चालनमा रहेको मन्थली विमानस्थललाई नै स्तरउन्ती गर्ने योजना अगाडि सारेका हुन् ।
मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको मन्थली विमानस्थलको स्तरोन्नति गर्ने योजना अगाडि सारेका छन् ।
मन्थली विमानस्थले करिक तीन बर्ष अघि कालोपत्रे गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग ममर्त गर्ने क्रममा गत तीन महिना मन्थली विमानस्थलबाट लुक्ला उडान भएको थियो ।