प्रधानमन्त्री ओली स्वदेश फिर्ता
भदौ २०, काठमाडौं ।
प्रधानमन्त्री केपी ओली दुई साता लामो स्वास्थ्य उपचार गराएर स्वदेश फर्किनु भएको छ । थाइ एयरवेजको विमानबाट आज स्वदेश फर्किनुभएको हो ।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर जानु भएको थियो । उहाको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो । अस्पतालले उपचार सोचे अनुरुपको ठिक भएको भन्दै विहिवार डिस्चार्ज गरेको थियो । प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्कनु भएको छ ।
प्रधानमन्त्रीका साथमा उहाकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत रहेका थिए ।