स्थानीय तहमा जाने अनुदान छिट्टै पठाउछौः मन्त्री ढुंगेल
६ असोज, हेटौडा ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेले मन्त्रालयले स्थानीय तहमा जाने अनुदान रकम पठाउने तयारी अगाडि बढाएको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट मार्फत ल्याएको स्थानीय तहको अनुदान रकम पठाउने गरी तयारी अगाडि बढाइएको बताउनुभएको हो ।
स्थानीय तहमा अरु क्षेत्रमा समेत जाने सशर्त अनुदान, बिशेष अनुदान, नियमित अनुदान रकम पठाउने गरी कार्यबिधि बनाएर सुरु गर्न लागिएको छ, मन्त्री ढुंगेलले भन्नुभयो ।
प्रदेशको राजस्व संकलनको कामलाई पनि प्रदेशले बिशेष तयारीको साथ अगाडि बढाउन लागिएको उहाँले बताउनुभयो । गत वर्षकै ढुङ्गा, गिट्टी वालुवाको राजस्व रकम संकलन गर्न समस्या भोग्दै आएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा भने राजस्व संकलन व्यवस्थित बनाएर काम गर्ने योजना अगाडि सारेको छ । मन्त्री ढुंगेलले प्रदेश सरकारले ल्याएको बजेटको प्रभावकारी कार्यान्वयनको लागि पनि विशेष ध्यान दिएको जानकारी दिनुभयो ।