सगरमाथा आरोही रामेछापका पाण्डेले फेरि चढे हिमाल
११ असोज, काठमाडौं ।
सगरमाथा आरोही रामेछापका प्रकाशराज पाण्डेले पुनः हिमाल आरोहण गरेको छन् । पाण्डेले मनास्लु हिमाल आरोहण गरेका हुन् ।
हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल नेपालको सातौ तथा विश्वको छैटौँ अग्लो हिमालका रुपमा रहेको छ । किलर माउन्टेनको रुपमा समेत परिचित उक्त हिमाल आरोहणलाई पाण्डेले सफतापूर्व चढन सफल भएका छन् । रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सगरमाथा आरोहण गरेसँगै मनास्लु हिमालको आरोहण गरेका हुन् ।