रामेछापका गौरवः लोक स्टारमा चम्किदै रामकुमार नेपाली पाँचौ पटक बने उत्कृष्ट
१७ असोज, काठमाडौं ।
नेपाल लोक स्टारमा रामेछापका रामकुमार नेपालीले उत्कृष्ट लोक गीत प्रस्तुत गरेका छन् । आईएमई नेपाल लोक स्टार रियालिटी शोमा नेपालीले दमदार प्रस्तुती दिएर पाँचौ पटक पर्फर अफ द डे बन्न सफल भएका छन् । रामेछापको गौरव बढाउन सफल भएका उनी तीन नम्बर प्रदेशबाट एक्लो एक जना मात्र प्रतियोगी हुन् । लोक स्टारको १९ औं श्रृङ्खलामा सबै जर्जहरुलाई मञ्चमा आएर नै नचाउन सफल भएका नेपालीले लाखौ नेपालीहरुको मन जित्न सफल भएका छन् ।
विहिबारको प्रस्तुतिमा संगीतकार शम्भुजित बास्कोटाले यस अघि बजारमा आएको ‘भिमेश्वरको मेला’ बोलको गीत रामकुमार नेपालीको स्वरमा पुनः रेर्डक गराउने घोषणा गरेका छन् । अहिलेसम्मको प्रस्तुतीको कारण नेपालीले लोक स्टारको उपाधी आफ्नो हातमा पार्ने देखिएको छ । नेपालीले अहिले ६ प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै पहिलो बनेर लोक स्टारको पहिलो उपाधी आफ्नो पोल्टोमा पार्ने अपेक्षा रामेछापवासीले गरेका छन् ।
आईएमई नेपाल लोक स्टार’को प्रथम पुरस्कार पचास लाख, द्वितीय पुरस्कार पच्चीस लाख र तृतीय पुरस्कार दश लाख रहेको छ । लोक स्टारको प्रतिस्र्धामा गीत गाइरहेका रामकुमार नेपालीले सबैलाई भोट गर्न आग्रह गरेका छन् । उनले रामेछाप न्युजसँग भने,‘मैले सकेको राम्रो गर्ने कोशिस गरेको छु, अब मलाई धेरै भन्दा धेरै भोट गरेर पहिलो बनाउनुहुन्छ भन्ने आशा र अपेक्षा गरेको छु ।’
रामकुमार नेपालीलाई यसरी भोट गर्न सकिन्छ
https://www.facebook.com/101968591149913/videos/523359131827397/UzpfSTEwMDAzMzQwMjg1NTQyMToxNzMyNjUwNzM3OTY5MjA/?id=100033402855421&epa=SEARCH_BOX