पूर्व सभासद सुवेदीको असामहिक निधन, रामेछापलाई ठूलो क्षति



९ कार्तिक, काठमाडौं ।
नेकपाका नेतृ एवं पूर्व सभाासद कमला सुवेदीको असामहिक निधन भएको छ । ५१ बर्षको उमेरमा आज सुवेदीको निधन भएको हो । २०७० को संविधान सभा निर्वाचनमा रामेछाप निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै उहाँ समानुपातिक सांसद निर्वाचित हुनुभएको थियो । विगत एक बर्षदेखि रोगसँग लडदै आउनुभएका पूर्व सभासद सुवेदीको निधनले रामेछापलाई ठूलो क्षति पुगेको नेताहरुले बताएका छन् ।
सुवेदीको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको झण्डा ओढाउदै अन्तिम श्रद्धान्जली दिनुभएको थियो । नेता नेपालले सुवेदीको निधनले पार्टीलाई अपरणिय क्षति भएको बताउनुभयो । २०२५ सालमा रामेछापको बावियाखर्क जन्मनुभएका सुवेदी नेकपाका केन्द्रीय सदस्य समेत हुनुभएको थियो ।

उहाँको १ छोरा र १ छोरी रहनुभएको छ । रामेछापबाट महिला नेतृत्वको उदाउनुभएका सुवेदीको असामहिक निधनले पार्टीलाई ठूलो क्षति पुगेको नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्