प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
१४ कार्तिक, काठमाडौं ।
नियमित स्वास्थ्य चेकजाँच गर्ने क्रममा हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै ग्राण्डी अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।