रामेछापकाे प्रितिमा मतदान सुरुः आजै परिणाम आउने कसले मार्ला बाजी ?
१४ मंसिर, रामेछाप ।
उपनिर्वाचन अन्र्तगत आज रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा वडा अध्यक्षको लागि मतदान सुरु भएको छ । आज बिहान ७ बजेटबाट वडाको दुई स्थानमा रहेको मतदान केन्द्रमा मतदान सुरु भएको छ । स्वतन्त्रपूर्वक मतदान प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
निर्वाचनको लागि नेपाली प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ । सुरक्षा व्यवस्था कडा बनाइएको बताउदै निधक्क भएर मतदान गर्ने वातावरण रहेको भट्टराईले बताउनुभयो । निर्वाचनको लागि रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे केसी, जिल्लाका प्रहरी प्रमुख भट्टराई, निर्वाचन आयोग रामेछापका प्रतिनिधिहरुले निर्वाचनको अनुगमन गरिरेका छन् ।
१७ सय ४९ मतदाता रहेको प्रितिमा करिब १३ सय मत खस्ने अनुमान गरिएको छ । यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपाका कुवेर खत्री वडा अध्यक्षमा निर्वाचित भएका थिए । तर डेढ बर्ष अघि खत्रीको निधन भएपछि रिक्त वडा अध्यक्षको लागि आज निर्वाचन भएको हो । भट्टराईका अनुसार ५ बजे मतदान सकिए लगत्तै मतगणना प्रक्रिया अगाडि बढने बताउनुभयो । उहाँले भन्नुभयो,‘मतदान सम्पन्न भएपछि जिल्ला न्याधिशले सर्वदलिय बैठक मार्फत मत गणनाको प्रक्रिया अगाडि बढाउनुहुन्छ, सम्मवत आज नै परिणाम घोषणा हुन सक्ने सम्भावना छ ।’
निर्वाचनमा नेकपाका उम्मेदवार कुलबहादुर बस्नत र कांग्रेसका उम्मेदवार सावित्री सुनुवारबीच प्रतिस्पर्धा हुनेछ ।