सागमा काश्य विजेता रामेछापकी चेली अधिकारी भन्छिन–अब देशलाई स्वर्ण पदक दिलाउछु



२ पुस, काठमाडौं ।
दक्षिण एशियाली खेलकुद सागमा फेन्सिङ खेलबाट काश्य पदक विजेता अनिता अधिकारीले आगामी खेलमा देशलाई स्वर्ण पदक दिलाउने अठोट व्यक्त गर्नुभएको छ । उहाँले नेपालमा सम्पन्न सागमा फेन्सिङ खेलबाट काश्य पदक हात पार्नुमा गुरु र टीमको ठुलो सहयोग रहेको बताउदै सबैलाई साथ सहयाेग खेलमा उत्साह थप्ने सबैमा धन्यवाद दिनुभएको छ ।
रामेछापको मन्थली नगरपालिका– १३ मा जन्मनुभएका अधिकारीले सागमा फेन्सिङ खेलबाट काश्य पदक हात पार्नुभएको थियो । एपिएफमा कार्यरत अधिकारीले यस अघि पनी विभिन्न मेडलहरू हात पार्नुभएको थियो । उहाँ लगायत नेपाली फेन्सिङ टीम प्रशिक्षणका लागि थाइल्याण्डको बैंकक समेत गएको थियो । दक्षिण एशियाली खेलकुद सागमा फेन्सिङ खेल पहिलो पटक समावेश गरिएको हो । नेपाली खेलकुदमा महंगो खेलका रुपमा रहेको फेन्सिङको बन्द प्रशिक्षणमा प्राय विभागिय खेलाडीको बर्चश्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्