नेकपा उमाकुण्ड गाउँपालिकाको कमिटीले पूर्णता पायो (नामावली सहित)
५ पुस, रामेछाप ।
पार्टी एकीकरण भएको डेढ बर्षपछि नेकपा उमाकुण्ड गाउँपालिका कमिटीले पूर्णता पाएको छ । नेकपाले उमाकुण्ड गाउँपालिकाको अध्यक्ष, सचिव र कार्यालय सदस्यको टुंगो लगाएसँगै ७५ सदस्यीय गाउँ कमिटीलाई पनि पूर्णता दिएको छ । उमाकुण्ड गाउँपालिकाको सात वटा वडाको अध्यक्ष, सचिव, कार्यालय सदस्य र वटा कमिटीका सदस्यहरुको घोषणा गरिएको छ ।
नेकपा जिल्ला कमिटीले उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर कार्की र सचिवमा रिता रसाइलीलाई चयन गरेको थियो । त्यसैगरी नेकपाले उमाकुण्ड गाउँपालिकाको पाँच सदस्यीय कार्यालय सदस्यको पनि चयन गरिसकेको छ ।
शनिवार पार्टी एकता भएपछि पहिलो पटक गाउँपालिकामा आयोजित सपथ कार्यक्रममा नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, सचिव शान्ति पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठ तीन नम्बर प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ, प्रेम कुमार कार्की लगायतका नेताहरुको सहभागीतमा नवगठित कमिटीका अध्यक्ष, सचिव र कमिटीका सदस्यहरुलाई सपथ गराइएको छ ।
नेकपाले उमाकुण्ड गाउँपालिका–१ को अध्यक्षमा तिल कुमार कार्की, सचिवमा अमृत बहादुर कार्की, वडा नम्बर २ को वडा अध्यक्षमा प्रदिप बस्नेत, सचिवमा छोङवा शेर्पा, वडा नम्बर ३ को वडा अध्यक्षमा गुण कुमार थापा, सचिवमा भोज बहादुर सुनुवार, वडा नम्बर ४ को वडा अध्यक्षमा टिकाराम विसुन्खे, सचिवमा अमर बहादुर कार्की, वडा नम्बर ५ को वडा अध्यक्षमा पूर्ण प्रसाद गुरागाई, सचिवमा नकुल तामाङ, वडा नम्बर ६ को वडा अध्यक्षमा चन्द्र बहादुर सुनुवार, सचिवमा ललित बहादुर सुनुवार र वडा नम्बर ७ को वडा अध्यक्षमा लोक बहादुर सुनुवार र सचिवमा हरीकाजी श्रेष्ठ चयन भएका छन् ।