नेकपा सुनापती गाउँपालिकाले टुंगो लगायो ७५ सदस्यीय गाउँ कमिटी (नामावली सहित)
६ पुस, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी सुनापती गाउँपालिकाको गाउँ कमिटीले पूर्णता पाएको छ । नेकपा सुनापती गाउँपालिकाले ७५ सदस्यीय गाउँपालिका कमिटी टुंगो लगाएको छ । पार्टी एकता भएको डेढ बर्षपछि नेकपा जिल्ला कमिटीले अध्यक्ष, सचिव र कार्यालय सदस्यको टुंगो लगाएसँगै पाँच वटै वडाको कमिटीलाई पनि पूर्णता दिएको छ । नेकपा सुनापती गाउँ कमिटीले पाँच वटै वडा कमिटीको अध्यक्ष, सचिवको पनि टुंगो लगाएको छ । यसअघि नेकपा जिल्ला कमिटीले सुनापती गाउँपालिकाको अध्यक्षमा ज्ञान योञ्जन, सचिवमा रामकृष्ण लामा र कार्यालय सदस्यहरुमा सोपप्रसाद सापकोटा, रोज ग्यापक, रामकृष्ण घिसिङलाई चयन गरेको छ ।
सुनापती गाउँपालिका–१ गुन्सीको वडा कमिटीको अध्यक्षमा सोमप्रसाद सापकोटा सचिवमा टिका थापामगर, वडा नम्बर २ दिमीपोखरी वडा कमिटीको अध्यक्षमा पदम बहादुर थापा मगर, सचिवमा चन्द्र बहादुर तामाङ, वडा नम्बर ३ हिलेदेवी वडा कमिटीको अध्यक्षमा मुकेश तामाङ र सचिवमा हिमाल ग्याबक, वड नम्बर ४ बेथान वडा कमिटीको अध्यक्षमा दण्डुप लामा, सचिवमा मान बहादुर खत्री, वडा नम्बर ५ खनियापानी वडा कमिटीको अध्यक्षमा नवराज ढुंगाना र सचिवमा हरि बहादुर लामा चयन भएका छन् । वडा कमिटी २५ सदस्यीय रहको छ ।