नेकपा रामेछाप नगर कमिटीले पूर्णता पायो



९ पुस, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछाप नगर कमिटीले डेढ बर्षपछि पूर्णता पाएको छ । रामेछाप नगर कमिटी ८१ सदस्यीय बनेको छ । त्यसैगरी रामेछाप नगरपालिकाका सबै वडा कमिटीका अध्यक्ष र सचिवको पनि टुंगो लागेको छ । आज रामेछाप बजारमा आयोजित एक कार्यक्रमकोबीच रामेछाप नगर कमिटीका सदस्यहरुले सपथ लिएको छ ।

नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्जद्धय श्याम कुमार श्रेष्ठ, कैलाश ढुंगेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल सहितका नेताहरुको सहभागीतामा नगर कमिटीका सदस्यहरुले सपथ लिएका छन् । नेकपा रामेछापले यस अघि नै रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ, सचिवमा होतराज ढकाल र पालिकाको कार्यालय सदस्यहरुमा रोशन पाख्रिन, नरेशबाबु श्रेष्ठ र इन्दिरा बख्रेललाई मनोनित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्