रामेछाप निवासी सगरमाथा आरोही पाण्डे समाज सेवामा



१८ पुस, काठमाडौं ।
सगरमाथा आरोही रामेछाप निवास प्रकाश राज पाण्डे समाज सेवामा जुटेका छन् । पर्वतारोही एवम् डायानामिक स्काउट क्र्युका गुडविल एम्बास्डर पाण्डे विपन्न विद्यार्थीहरुको सेवामा जुटेका हुन् । उहाँले चितवनको एक विद्यालयलाई सहयोग गरेर नयाँ वर्ष २०२० मनाउनुभएको छ ।

स्वर्गीय बाबुराम पोख्रेल स्मृतिको आयोजनामा नेपाल स्काउट, भिएस निकेतन फाउन्डेसन र डायनामिक स्काउट क्र्युको सहयोगमा ४० बोरा चामल, २ बोरा आलु, दाल, तेल लगायत खाद्यान्न सामाग्रीसहित लत्ताकपडा बोकेर पाण्डे गामबेशी चेपाङ संरक्षण केन्द्रमा पुगेका हुन् । केन्द्रका संरक्षक केपी शर्माका अनुसार हाल केन्द्रमा १६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

सो अवसरमा पाण्डेले केन्द्रकी कक्षा युकेजीमा पढ्ने १ छात्राको कक्षा १० सम्मको पढाई खर्च आफूले ब्यहोर्ने घोषणा गर्नुभएको छ । समाजसेवी रामकुमार शर्माले पनि सोही केन्द्रकी पनि कक्षा शिशुमा रहेका १ छात्रलाई कक्षा १० सम्मको सम्पुर्ण खर्च आफूले ब्यहोर्ने घोषणा गरेका छन् । पाण्डेले आगामी दिनमा पनि विपन्न समुदायका विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्