भोली रामेछापमा पनि सार्वजनिक विदा



९ माघ, काठमाडौं । सोनाम ल्होछारको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार प्सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले काठमाडौं उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा लागू हुने बताउनुभयो । ‘काठमाडौं उपत्यकाभित्रका संघ मातहतको कार्यालयमा विदा दिन गृह मन्त्रालयकै निर्णय चाहिन्छ, त्यसैले ती तीन जिल्लाका संघ मातहतका कार्यालयमा विदा हुँदैन, प्रदेशका अन्य जिल्लाका सबै कार्यालयमा विदा हुन्छ, उहाँले भन्नुभयो ।

रामेछाप सहित दस जिल्लामा भने प्रदेश सरकारले सार्वजनिक विदा दिएको बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्