सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निराैलाको उदाहरणीय काम
२९ माघ, रामेछाप ।
सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आफूले उत्कृष्ट कर्मचारी बापत प्राप्त गरेको पुरस्कार विद्यालयको लागि प्रदान गर्नुभएको छ । गत बर्ष सुनापती गाउँपालिकाका उत्कृष्ट कर्मचारी बन्नु भएका निरौलाले पाएको पुरस्कार विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले सुनापती गाउँपालिका–५ खनियापानीस्थित कृष्णपुरी माविका विद्यार्थीहरुको शैक्षिक उन्नतीको लागि एक महिना बराबर प्राप्त गर्नुभएको तीस हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
आफूले पुरस्कार स्वरुप प्राप्त गरेको रकम कृष्णपुरी माविमा अध्ययनरत बालबालिकाहरको शैक्षिक क्षेत्रको उन्नतीको लागि प्रदान गरेको बताउदै उहाँले भन्नुभयो,‘कृष्णपुरी माविका विद्यार्थीको लगनशिलता, मेहनत र अनुशासन निकै राम्रो लागेकाले सहयोग गर्ने निर्णय गरेको हुँ ।’ मंगलवार सुनापती गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले कृष्णपुरी माविमा आयोजित एक कार्यक्रमकोबीच रकम प्रदान गर्नुभयो ।
कृष्णपुरी माविका प्रअ राम बहादुर योञ्जनले विद्यालयको शैक्षिक क्षेत्रको उन्नतीको लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले प्रदान गर्नुभएको रकम सही ढंगले सदुपयोग गर्ने बताउनुभयो । निरौलाले प्रदान गर्नुभएको रकमले विद्यार्थीहरुको मनोबल झन उच्च बनाउन सहयोग पुगेको बताउनुभयो । २०२३ सालमा स्थापना भएको विद्यालयमा हाल ३२० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका शिक्षक कल्याण केसीले जानकारी दिनुभयो ।विद्यालयमा गठन भएको बाल क्लव पनि निकै सक्रिय रहेको छ । सुनापती गाउँपालिकामा हाल १२ वटा मावि रहेका छन्