रामेछाप जिल्लाभित्र १४ वटा आइसोलेसन वार्ड स्थापना



६ चैत्र, रामेछाप ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रामेछाप जिल्लाभित्र भित्र्न नदिन सुरक्षा सतर्कता अपनाइएकोछ । कोराना भाइरस नियन्त्रण, रोकथाम तथा व्यवस्थापन समितिले कोरोना भाइरसको बारेमा पूर्वतयारी थालेको हो । सरकारले गरेको निर्णय कार्यान्वय गर्नेदेखि लिएर रामेछापवासीलाई जनचेतना जगाउने कार्यमा सक्रियतापूर्व लागेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोराना भाइरस जिल्लाभित्र भित्र्न नदिन सरोकारवाला निकायसँग परामर्श गर्नुको लागि आवश्यक सेवा सुविधाको तयारी समेत गरेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले रामेछाप नगरपालिकाको जिल्ला अस्पताल, मन्थली नगरपालिका अन्तर्गत रहेको तामाकोसी अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको बताउनुभयो ।

प्रजिअ शर्माका अनुसार रामेछाप अस्पतालमा ४ वटा र तामाकोसी अस्पतालमा १० वटा आइसोलेसन वार्ड स्थापना भएर तयारी अवस्थामा रहेको छ ।गत फागुन २३ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको बैठकमा मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्