सांसद श्रेष्ठद्धारा एक महिनाको तलब उपचार कोषलाई दिने घोषणा



१४ चैत्र, काठमाडौं ।
रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले एक महिनाको तलब कोराना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको उपचार कोषमा दिने घोषणा गर्नुभएको छ । उहाँले सरकारले खडा गरेको कोषमा आफूले एक महिनाको तबल दिने बताउनुभएको हो ।
रामेछाप न्युजसँग कुराकानी गर्दै सांसद श्रेष्ठले भन्नुभयो,‘यो संकटको घडीमा सबैले आ–आफ्नो ठाउँबाट सरकारको उपचार कोषमा सहयोग गरौं ।’ पूर्व गृहराज्यमन्त्री समेत रहनुभएका उहाँले संघीय सरकारको तर्फबाट रामेछापवासीलाई गर्नुपर्ने सहयोग गर्न अहोरात्र लागि रहेको बताउनुभयो । सरकारले केही दिन अघि मात्र कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि भन्दै ५० करोडको उपचार कोष स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्