रामेछाप भित्रिन्छन दैनिक ३० सवारी साधन
४ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाभित्र लकडाउनलाई थप कडाई पारिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले हिडेर पनि रामेछाप जिल्ला प्रवेश गर्न नदिने निर्णय गरेको छ । तर अत्यावश्क सवारी साधन भने दैनिक रुपमा सञ्चालन हुँदै आएका छन् । औषधी, इन्धन, खान्द्यन लगायतका सवारी साधनहरु भने दैनिक रुपमा चल्दै आएका छन् ।
रामेछापको मुख्य नाका सेलेघाटबाट मात्र दैनिक २५ देखि ३० वटा सवारी साधन जिल्ला प्रवेश गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘अत्यावश्यक सवारी साधनको साथै बिरामी लिएर आउने सवारी साधनलाई मात्र प्रवेश गर्न दिएका छौं ।’
झुट्टो बिवरण दिएर प्रहरीलाई झुक्याउनेलाई भने सेलेघाट नाकाबाटै फर्काइएको बताउदै पाठकले जिल्लाभित्र प्रवेश गर्ने नाकालाई थप कडाई गरिएको बताउनुभयो । ‘एम्बुलेन्सलको दुरुपयोग नहोस भनेर हामीले निगरानी बढाएका छौं’,उहाँले भन्नुभयो,‘यस्तो संवेदनशिल घडीमा प्रहरीलाई झुक्याउने र सास्ती दिन काम नगरिदिनु हुन आग्रह गर्दछु ।’