रामेछापमा १०२ जनाको र्‍यापिड टेष्ट सबैको रिपोर्ट नेगेटिभ



६ वैशाक, रामेछाप ।
रामेछाप जिल्लामा वैशाक १ गतेदेखि सुरु भएको र्यापिड टेस्ट तीब्र गतिमा अगाडि बढेको छ । शनिवारसम्म जिल्लाका १०२ जना व्यक्तिहरुमा र्यापिड टेस्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनाको र्यापिड टेस्ट गरिएको छ ।

हाल होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको पहिचान गर्दै तीन वटा प्राविधिक टिमले जिल्लाभित्र र्यापिड टेस्टको काम गरिरहेको छ । पहिलो चरणमा वैशाक ९ गतेभित्र आठ वटै स्थानीय तहमा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको र्यापिड टेस्ट गर्ने कार्यक्रम रहेको प्रमुख कर्णले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्