सुनापती गाउँपालिकाले काठमाडौमा अलपत्र परेका एक हजार नागरिकहरुलाई निुशल्क उद्दार गर्‍याे



११ वैशाक, रामेछाप ।
सुनापती गाउँपालिकाले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई निशुल्क रुपमा उद्धार गरेको छ । स्थानीय प्रशासन र प्रहरीसँग सहकार्य गरेर काठमाडौमा अलपत्र परेका आफ्ना नागरिहरुलाई वसको व्यवस्था गरेर गाउँसम्म ल्याएको हो । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले पूर्व निर्धारित समय केही दिन धकेलिए पनि आफना नागरिकहरुलाई उद्धार गरेर गाउँ ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘आपद विपदमा परेका नागरिकहरुको व्यवस्थापन गर्ने काममा हामी सुरुदेखि नै लागिरहेका छौ’, केही कठिनाइ भएपनि समन्वय गरेर अलपत्र नागरिकहरुलाई गाउँ फर्काउन सफल भएका छौं ।’ उहाँका अनुसार २४ वटा गाडीमा आफ्ना नागरिकहरुलाई गाउँ ल्याइएको छ ।

काठमाडौं उपत्यकामा रहेका सुनापतीका पाँच वटै वडाका बासिन्दाहरुको तथ्याकं संकलन र समन्वयको जिम्मेवारी नेकपा रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ईलकसिंह तामाङले  गरनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्