थप दुई जनामा कोरोना संक्रमित भएको पुष्टि, देशभर कोरोना संक्रमितको संख्या ५४ पुगे
१६ वैशाक, काठमाडौ ।
नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन । रौतहटको वृन्दावन नगरपालिका–९, भुसहा र देवाही गोनाही नगरपालिका–१ का एक–एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् । हालसम्म नेपालमा योसगैँ ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १६ जना निको भएर घर फर्किइसकेका छन ।