लकडाउनमा सञ्चार जगतले खेलेको भूमिका प्रसशनियः मन्त्री ढुंगेल
२१ वैशाख, हेटौडा ।
बागमती प्रदेश सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले लकडाउनको यस संवदेशिल घडीमा सञ्चार जगतले खेलेको भूमिका प्रशसनिय रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२० का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संचारकर्मीलगायत प्रेसजगत सम्वद्ध सम्पूर्ण महानुुभावहरुमा हार्दिक शुुभकामना व्यक्त गर्नुभएको हो ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनस्कोको आह्वानमा प्रत्येक बर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।
हाल नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाह गर्दै सचेतना जगाउनु महत्वपूर्ण भूमिका खेलेको बताउदै मन्त्री ढुंगेलले राज्यका सबै अंगलाई झकझकाइरहने संचारमाध्यम र सञ्चारकर्मीहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, प्रेस स्वतन्त्रता समाज र लोकतान्त्रिक प्रणालीको दर्पण हो । पत्रकारिता सचेत समाज निर्माणका लागि आवश्यक उच्चतम अभ्यास हो । प्रेसकोे मूल कर्म आम जनतालाई सुसूचित गराउने, उत्प्रेरित गर्ने र जनमत सृजना गर्ने हो ।’
विषम र विशेष परिस्थितिमा प्रेसको महत्व झनै बढ्ने विश्वास व्यक्त गर्दै विश्वव्यापी महामारीको हालको अबस्थामा जीवनलाई जोखिममा राखेर आफ्नो कर्ममा लागिरहनुु हुने सञ्चारकर्मीहरुमा यो दिवसले थप उर्जा र हौसला मिल्ने बताउनुभएको छ ।