लकडाउन थप सात दिन थप्ने सरकारकाे तयारी
२२ वैशाख, काठमाडौं ।
सरकारले जारी लकडाउनको अवधि थप सात दिन थप्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउनेको अवधि थप बढाउने तयारी गरेको हो ।
सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन लम्ब्याउनु पर्नेबारे निष्कर्ष सहित सरकारलाई सुझाव दिएको छ । लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न पहाडी जिल्लाहरुमा केही खुुकुला बनाउने तयारी सरकारले गरेको छ । जारी लकडाउन २५ गते सकिँदै छ ।
अबको लकडाउनको मोडालिटी तयार पार्न स्वास्थ्य, रक्षा, गृहलगायतका सचिवलाई निर्देशन समितिले निर्देशन दिएको छ । मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय समितिमा रहेका मन्त्री र सम्बन्धित अन्य मन्त्रीहरुले समितिमा आएको सुझावको बारेमा बिफिङ गरेका थिए ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । मंगलवार बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो ।
समितिका प्रवक्ता नारायणप्रसाद विडारीले उहाँले अहिलेसम्म पिसीआर विधिबाट १३ हजार ४२० र आरडिटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरुमा संक्र्रमितको सख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै मंलबारको बैठकले बन्दाबन्दीबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताउनुभयो ।
कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरुमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरु आएको बताउदै उहाँले ती सुझावहरुलाई पनि मनन गरेर मन्त्रीपरिषद बैठकले निर्णय गर्ने बताउनुभयो ।