भारतको हेपाह प्रवृत्ति स्वीकार्य छैनः सांसद श्रेष्ठ
२९ वैशाख, काठमाडौं ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले भारतले नेपालको भूभाग कब्जा गरेकोप्रति कडा रुपमा भत्कार्सजना गर्नुभएको छ । नेपालको भूमि कब्जा गरेर सडक निर्माणको आपत्ति जनाउदै उहाँले भारतीय हेपाह प्रवृत्ति स्वीकार्य नभएको बताउनुभएको हो ।
सोमवार प्रि–बजेट छलफलमा भाग लिने क्रममा संसद बैठकमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतबाट भएको हस्तक्ष सह्य नहुने बताउदै नेपाल सरकारले कुटनीतिक र राजनीतिक तहबाट समाधान खोज्नु पर्ने माग गर्नुभयो ।
संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आइतवार प्रस्तुत गरेको आगामी बजेटका सिद्धान्त र प्रथमिकतामा समर्थन जनाउदै पूर्व गृहराज्यमन्त्री समेत रहनुभएका सांसद श्रेठले कोरोनाका कारण अर्थतन्त्रमा परेको असर कम गर्ने दायित्व बढेको बताउनुभयो ।
उहाँले आगामी बजेट कृषि र उर्जाको क्षेत्रमा केन्द्रित हुनुपर्ने सुझाव दिदै कृषि क्षेत्रलाई निर्वाहमूखी नभइ निर्यातमुखी बनाउन बजेट केन्द्रितमा जोड दिनुभयो ।