सशस्त्रको टोली बोकेर सिमा सुरक्षामा हिड्यो सेनाको हेलिकप्टर



३१ वैशाख, काठमाडौं ।
नेपाली सेनाको हेलिकप्टर लिएर सशस्त्र प्रहरीका डिआइजीको नेतृत्वमा एक टोली खलंगाका लागी प्रस्थान गरेको छ ।गृहमन्त्रालयका सुरक्षा सल्लाहाकार डा।इन्द्रजित राई, स्वकिय सचिव विरु तामाङ् र प्रेस सल्लाहाकार किरण भट्टराई समेत टोलीमा छन् ।

कालापानकिा लागी सेनाको हेलिकप्टरमा काठमाडौं एयरपोर्टबाट दार्चुलाको खलंगा उड्दै सशस्त्रको टोली । तस्विर –किरण भट्टराई ।
गृहमन्त्रालय स्रोतका अनुसार दार्चुलाको खलंगा पुगेर सशस्त्र प्रहरीका इन्स्पेक्टरको कमाण्डमा२५ र जनपथ प्रहरीका ९ जनाको टोली लिई सिमा विवादीत भुमि कालापानि नजिकै छाङरुमा आजै क्याम्प स्थापना गरिनेछ ।

छाङरु कालापानिबाट १० किलोमिटर टाढा पर्छ भने सदरमुकाम खलंगाबाट ९० किलोमिटर उत्तरपश्चिममा पर्दछ ।तत्कालका लागी स्थानीय व्यक्तिको घर भाडामा लिएर सिमा सुरक्षा बिओपी राख्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्