लकडाउन थप्न मन्त्रिपरिषद्को बैठक बस्दै



४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । कोरोना भाइरस संक्रमण रोकथामका लागि छैटौंपटक थप गरिएको लकडाउनको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनको छैटौंपटक थपिएको म्याद सोमबार सकिँदैछ ।सरकारले एक देखि दुई सातासम्म लकडाउनको अवधि लम्ब्याने तयारी गरेको बताइएकोछ । सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना संक्रमणबाट ज्यान गएपछि सरकारले लकडाउनलाई अझै कडा र प्रभावकारी बनाउने गृहकार्य सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्