नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्ने मन्त्रिपरिषद्काे निर्णय



९ जेठ, काठमाडौं ।
सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेलेजानकारी दिनुभयो ।

अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरिसकेको छ । संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुनेछ ।

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ । निशान छाप परिवर्तन गर्नको लागि संसदमा सबै राजनीतिक दलले समर्थन गर्ने जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्