भारतबाट आएका १५ जना रामेछापका नागरिकलाई जिल्ला ल्याइदै
१० जेठ, रामेछाप
भारतबाट नेपाल आएका रामेछापका १५ जना नागरिकहरुलाई जिल्ला ल्याइने भएको छ । भारतबाट नेपाल आएका पन्ध्र जना रामेछापका नागरिकहरु हाल धुलिखल प्रशासन कार्यालयमा राखिएको छ । लकडाउनको अवधि लम्बिदै जादा भारतमा रोजगारीमा गएका नागरिकहरुलाई भारत सरकारले टिकट काटदै नेपालको सीमासम्म ल्याएर छोडने गरेको छ । भारतबाट रामेछाप आउने नागरिकहरुलाई सुरक्षित रुपमा गाउँपालिकाभित्र ल्याउने तयारी स्थानीय सरकारले गरेको छ । भारतबाट आएका रामेछापका पन्ध्र जना नागरिकरुमा सुनापती गाउँपालिका २ जना, खाँडादेवी गाउँपालिकाका १ जना, दोरम्बा गाउँपालिकाका ३ जना र मन्थली र रामेछाप नगरपालिकाका ९ जना रहेका छन् ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले भारतबाट आएका सुनापती गाउँपालिकाका दुई जना नागरिकहरुलाई गाउँपालिकामा ल्याउनको लागि एम्बुलेन्स धुलिखेल पठाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार भारतबाट नेपाल आएका सबैले भारतमा कोरोना परीक्षण गराएको नेगेटिभ भएको रिपोर्ट लिएर आएका छन् । अध्यक्ष लामाले रामेछाप न्युजसँग भन्नुभयो,‘भारतबाट आएका दुई जना नागरिकहरुलाई १४ दिन बेथान स्वास्थ्य चौकीमा तयार गरेको क्वारेन्टाइनमा राख्छौ ।’