यस्तो छ बागमती प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)



१२ जेठ, हैटौडा ।
बागमती प्रदेश सरकारले आगामी आर्थि बर्ष २०७७/०७८ को लागि विनियोजन विधेयक सिद्धान्त तथा प्राथमिता प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेले पेश गर्नुभएको विधेयकको सिद्धान्त तथा प्राथमितामा कृषि क्षेत्रलाई उच्च प्राथमिता दिइएको छ ।
वैदेशिक रोजगारीका लागि लाखौँ युवाहरु पलायन हुँदा विपदको समयमा कसरी देश र जनता पीडित हुने रहेछन् भन्ने सन्देश अहिलेको कोरोना महामारीले दिएको बताउदै मन्त्री ढुंगेले कोरोना महामारीको कारण भविष्यमा युवाहरु विदेशिने सम्भावना कम हुने भएकाले रोजगारीमूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । अब युवा जनशक्तिलाई नेपालमा नै रहने तथा हाल विदेशमा रहेकाहरु समेत फर्किने हुँदा ती युवा जनशक्तिलाई लक्षित गरेर कृषि उत्पादन क्षेत्रमा तत्कालै रोजगारी सृजना हुने क्रियाकलापमा केन्द्रीत गरेर बजेट निर्माण गरिने बताउनुभयो ।
ग्रामीण अर्थव्यवस्था सुधारेर कम्तीमा पनि खाद्यान्न, तरकारी, फलफुल, पशुपालन मार्फत दुध र मासुजन्त्य पदाथिमा आत्मनिर्भर हुनुपर्ने वास्तववकतालाई स्वीकारेर पर्वतिय अथितन्त्रको विकासलाई प्राथमिता दिएर कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।

यस्तो छ बागमती प्रदेश सरकारको बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्