रामेछापवासी युवा नेता ढुंगेल पुनः राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त



१२ जेठ, काठमाडौं ।
रामेछाप निवासी नेपाल कम्युनिष्ट पार्टीका युवा नेता माधव ढुंगेल पुनः राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगेललाई पुनः कार्यकारी उपाध्यक्ष बनाउने निर्णय गरेको हो । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवार निवासी ढुंगेलले एक कार्यकाल युवा परिषद्को नेतृत्व सम्हालिसक्नुभएको छ । केही समय अघिबाट ढुंगेलको पदावधि सकिएपछि कार्यकारी उपाध्यक्ष रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्