रुदै आइसोलेसनमा भर्ना भएका रामेछापका पाँच जना हाँस्दै घर फर्किए
१४ जेठ, रामेछाप ।
गत शुक्रवार मन्थलीमा गरिएको आरडिटी परीक्षणमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएपछि लगत्तै जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा भर्ना गरेर स्वाब सकंलन गरेर परीक्षणको लागि काठमाडौं पठाइयो । रामेछापवासीमा चिन्ता र चासो थियो–पिसिआरु रिपोर्ट के आउला ? हरेक दिन रिपोर्ट आउने प्रतिक्षामा आइसोलेनमा बसेकाहरु रिपोर्ट नआउदा केही निराश हुन्थे । आइसोलेनमा भर्ना भएकालाई मात्र होइन त्यतिकै चिन्ता घर परिवार र आफन्तलाई पनि छदै थियो ।
आइसोलेसनमा भर्ना भएका मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका तीन जना स्वास्थ्यकर्मी, एक जना डाक्टर र एक जना विद्युत प्राधिकरणका कर्मचारीहरुले कोरोना नै भइहाले पनि जित्न सकिने अठोठ मनमा लिइसकेका थिए । देशभर कोरोना संक्रमित बढेपनि निगो भएका संख्या पनि त्यतिकै आइरहकै छ ।
आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर रिपोर्ट नेगेटिम आउनेमा पाँच जनामा आशा थियो । जिल्ला अस्पतालका चिकित्सकहरुले पनि पाँचै जनालाई कोरोना भइनसकेको र रिपोर्ट आउन बाँकी रहेकाले चिन्ता नगर्न आग्रह गर्दा आइसोलेनमा भर्ना भएकाहरु केही ढुक्क देखिन्थे ।
आइसोलेनमा भर्ना भएकाहरुलाई घरपरिवारबाट आउने टेलिफोनले भने निकै चिन्ता दिएको थियो । जिल्ला अस्पताल रामेछापका डा. आनन्न आचार्यले आइसोलेनमा भर्ना भएका व्यक्तिहरुलाई कोरोनाको भन्दा पनि छिमेकीलेको व्यवहारले थप पीडा दिएको महशुस गरेको बताउनहुुन्छ ।
उहाँले भन्नुभयो,‘पाँच दिन रिपोर्टको प्रतिक्षामा आइसोलेनमा बस्नुभएकाहरुले कोरोनाले भन्दा पनि छिमेकीले घरको बाटो नै हिडन छोडेको पीडा बढी थियो ।’ घरका आफन्तले छिमेकीहरुले घरकै बाटो हिडन छोडेकोदेखि लिएर बोल्नै छोडेको खबर सुनाएपछि आइसोलेनमा बस्नेहरुले मानसिक तनाब बढी झेलेको उहाँले बताउनुभयो ।
डा. आचार्यले भन्नुभयो,‘गत शुक्रवार चिन्तासँग गहभरी आँशु पादै आइसोलेनमा भर्ना भएकाका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज हाँस्दै घर फर्किनुभएको छ,हामी कामना गछौ, जिल्लाभित्रका कुनै पनि नागरिकहरुलाई कोरोना संक्रमण नहोस ।’