कोरोनालाई जितेर घर फर्किए रामेछापका श्रेष्ठ



१६ जेठ, काठमाडौं ।
पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका पेम्बा श्रेष्ठ (नाम परिवर्तन) ले कोरोनालाई जितेर घर फर्किएका छन् । दस दिन पाटन अस्पतालको आइसोलेसनमा उपचार गराएर उनी घर फर्किएका हुन् ।

जेठ २ गते टेकु अस्पतालमा परीक्षण गराएका श्रेष्ठको रिपोर्ट पोजेटिभ आएपछि पाटन अस्पतालहमा भर्ना गरिएको छ । दस दिनको अवधिमा दुई पटक पिसिआरको रिपोर्ट परीक्षण गर्दै नेगेटिभ आएपछि विहिवार राती अस्पतालबाट डिस्चार्ज भएको श्रेष्ठले रामेछाप न्युजलाई बताए । उनले दुई पटक नै रिपोर्ट नेगेटिभ आएपछि अहिले घरकै क्वारेन्टाइनमा बसेको छु ।

प्रतिक्रिया दिनुहोस्