रुकुम नरसंहारः वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश
१० असार, काठमाडौं ।
रुकुम पश्चिमको सोतीमा भएको नरसंहार घटनाका आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । जिल्ला अदालत रुकुमले आज थुनछेक बहस सकिएपछि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षको लागि कारागारमा पठाउन आदेश दिएको हो ।
उक्त घटनामा २९ जना पक्राउ परेकोमा अदालतले दुई जनालाई सुधार गृहमा, तीन जनालाई तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । घटनामा ३४ जनाविरुद्ध किटानी जाहेरी परेकोमा पाँच जना फरार रहेका छन् ।
गएको जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा बेपत्ता भएका नवराज विक सहित ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।