लिखु तामाकोसी गाउँपालिकाको नीतिः खोला खोल्सीको पानी, पाखाबारीको जिन्दगानी
१२ असार, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिता दिएको छ । पशुपालन तथा ग्रामिण कृषि, गाउँको समृद्धि भन्ने नीति अगाडि सादै आगामी आर्थिकमा कृषि क्षेत्रलाई नै प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
गाउँपालिकाले कृषिमा उन्नति, लिखु तामाकोशी गाउँपालिकाबासीको समुन्नति भन्ने नारामा आधारित रही लिखु तामाकोशी गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, आत्मनिर्भर तथा प्रमुख आय स्रोतको रूपमा विकास गर्ने गरी मुख्य प्राथमिकतामा राख्ने नीति लिएको छ ।
कृषि क्षेत्रको विकासको लागि नीति तथा कार्यक्रममा २३ वटा बुँदा समावेश गरिएको छ । नीति तथा कार्यक्रममा “खोला खोल्सीको पानी, पाखाबारीको जिन्दगानी” भन्ने नीतिलाई पनि महत्व दिइएको छ ।
यस्तो छ कृषि क्षेत्रको विकास गर्ने ३२ बुँदे प्राथमिकताः
कृषि तथा पशुपंक्षी विकास (पशुपालन तथा ग्रामिण कृषि ः गाउँको समृद्धि)
१. कृषिमा उन्नति ः लिखु तामाकोशी गाउँपालिकाबासीको समुन्नति भन्ने नारामा आधारित रही लिखु तामाकोशी गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, आत्मनिर्भर तथा प्रमुख आय स्रोतको रूपमा विकास गर्ने गरी मुख्य प्राथमिकतामा राख्ने नीति लिइनेछ ।
२. दिगो कृषि प्रणालीलाई प्रवद्र्धन गर्न ५ वर्षे रणनीतिक पत्र तयार गरिनेछ ।
३. हरित खाद्य (ँययम न्चभभल) लाई बढावा दिन घरको निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दा कम्तिमा पनि दुईवटा फल दिने रुख रोपेको हुनु पर्ने व्यवस्थालाई लागू गरिनेछ ।
४. कृषि तथा सिंचाई क्षेत्रको समग्र विकासका लागि कृषि सहकारी सञ्जाल निर्माण, अर्गानिक कृषि उत्पादन, बिउ बिजन, किट वितरण तथा सतह सिँचाई (कुलो, प्लास्टिक पोखरी, स्प्रिङ्कल सिंचाइ, थोपा सिंचाइ) को प्रबद्र्धन गर्नका लागि कृषि तथा सिंचाई कार्यालय लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी कृषक समूहहरूलाई प्रोत्साहित गरिनेछ ।
५. कृषकहरूको मागको आधारमा बेमौसमी तरकारी खेती तथा व्यावसायिक खेती प्रणालीलाई अवलम्बन गर्दै लगिनेछ ।
६. लिखु तामाकोशी गाउँपालिकाको विकट क्षेत्रका कृषकहरूलाई प्राथमिकतामा राखी आवश्यकता अनुसारको कृषि औजार तथा बीउ विजनहरू उपलव्ध गराउने नीति लिइनेछ ।
७. पशु बीमा र कृषि बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहजीकरण गरिनेछ ।
८. कृषि सहकारीहरूलाई उल्लेखनीय कार्यहरू गर्न गराउनका लागि प्रोत्साहन गरिनेछ ।
९. गाउँपालिकामा उत्पादित दुग्ध पदार्थ, खाद्य पदार्थ, तरकारी फलफूल लगायत नगदे बाली उत्पादनहरूको बजारमा निकासी गर्न पहुँच वृद्धि गर्दै आन्तरिक बजार विस्तारका लागि जोड दिइनेछ । साथै उत्पादित कृषिजन्य वस्तुहरूलाई भण्डारणको व्यवस्था गर्न पहल गरिनेछ ।
१०. दुध, मासु र माछाको उत्पादनमा जोड तगा पशुपालनका लागि घाँसे खेती कार्यक्रम प्रवद्र्धन गरिनेछ । पशुपंछी पालन तथा कृषिलाई व्यवसायीकरण गर्न चाहने युवा किसानहरूलाई ज्ञान, सीप, प्रविधि र लजिस्टिक सपोर्ट प्रदान गरिनेछ ।
११. चिनौँ आफ्नो माटो ः बनाऔँ आफ्नै गाउँ भन्ने मूल नाराका साथ खाद्य तथा नगदे बाली (कोदो खेती, धान खेती, मकै खेती, फापर खेती, आलु, ओखर, टिमुर) प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
१२. विदेश पलायन भएका युवालाई कृषिमा आकर्षित गरी रोजगारीको अवसर सिर्जना गर्दै स्वरोजगार तथा आत्मनिर्भर बनाउन कृषिमा यान्त्रीकीकरण आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण कार्यक्रमलाई प्रवद्र्धन गरिनेछ ।
१३. गाउँपालिकाको उपयुक्त स्थानमा पशु स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिनेछ ।
१४. सम्बन्धित निकायमा दर्ता भई गाउँपालिकामा सूचीकृत हुने कृषि फर्म, कृषक समूह अन्तर्गत पशु पंछी व्यवसाय सञ्चालन गरी आएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा पशु स्वास्थ्यसँग सम्बन्धित औजारहरू लगायत तालिम र लजिस्टिक सपोर्ट उपलव्ध गराउने नीति लिइनेछ र यसलाई उत्पादनसँगै जोड दिइनेछ ।
१५. नेपाल सरकारको नीति अनुरुप वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गर्न बारीका पाटा र खेतका गरा ः हुन्छन् सबै हराभरा भन्ने मूल नीतिका साथ सामूहिक कृषि तथा पशुपालन गर्न चाहेमा निश्चित अनुदान दिने नीति लिइनेछ ।
१६. मत्स्यपालक र कुखुरापालक कृषकहरूलाई निश्चित अनुदानमा माछाका भुरा तथा कुखुराको चल्ला वितरण गर्ने नीति लिईनेछ ।
१७. “आफ्नो लागि आफैं उत्पादन गरौं, तरकारीमा आत्मनिर्भर बनौं” र “एक घर एक करेशाबारी” भन्ने नाराका साथ तरकारीमा आत्मनिर्भर हुन आवश्यक नीति तय गरिनेछ ।
१८. आम लिखु तामाकोशी गाउँपालिकाबासीलाई स्वच्छ माछा मासु उपभोग गर्ने वातावरणको सुनिश्चितता प्रदान गर्नका लागि पशु बधशाला र मासु जाँच गर्ने ऐन, २०५५ को कार्यान्वयनमा आवश्यक पहल गर्ने नीति लिइनेछ । साथै मासु व्यवसायीहरूले गाउँपालिकाले तोकेको स्थानमा मात्रै मासुको कारोवार गर्नको लागि प्रोत्साहन गरिनेछ ।
१९. कृषि उत्पादनको क्षेत्रमा गाउँपालिका आफैँले निश्चित स्थानको छनौट गरी सामुहिक व्यवसाय सञ्चालन गराई रोजगारीको सिर्जना गरिनेछ ।
२०. पशुधन सुरक्षाको लागि नाम्ले जुका, कृणा, जुम्रा, लुतो, जस्ता विभिन्न औषधीको आवश्यकतालाई पूर्ति गर्न पशु शिविर सञ्चालन गरिनेछ ।
२१. पशु नश्ल सुधार गर्नका लागि सबै वडाहरूमा बोयर जातको बीउँ बोका, उन्नत जातको राँगा तथा बङ्गुर वितरण गरिनेछ ।
२२. कृषिरोड संरक्षणका लागि वृक्षारोपणका कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
२३. अर्गानिक खेती प्रणालीलाई प्रोत्साहित गरी विषाधिको प्रयोगलाई हटाइनेछ । एवम् आगामी आ.व.भित्र गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गर्न जोडदार पहल गरिनेछ ।
२४. एक वडा तह ः एक पकेट क्षेत्र भन्ने नीति लिई फलपूmल तथा खाद्य बाली र नगदेबालीलाई विशेष प्रोत्साहन गर्दै विशेष गरी टिमुर, ओखर, किवी, कागती, अलैँची तथा जुनारसुन्तला र लिचीको उत्पादनमा जोड दिइनेछ । यसका लागि सम्बन्धित विषय विज्ञ झिकाइ सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र घोषणा गरिनेछ । कृषियोग्य भूमिको नियमित माटो परीक्षण, कृषकहरूलाई माटोको प्रकार, गुणस्तर र हावापानी अनुकूल खेती गर्न एवम् उचित मात्रामा मल बिउँ प्रबन्ध मिलाउन र विषादिको प्रयोगलाई निरुत्साहित गरी अर्गानिक खेती प्रणालीको प्रोत्साहन गर्न सङ्घीय सरकारद्वारा स्वीकृत दरबन्दी बमोजिम यसै आ.व.को सुरुमै यस गाउँपालिकामा रिक्त रहेका प्राविधिक कर्मचारी करार सेवामा नियुक्त गर्ने नीति लिइनेछ । १ वडा १ कृषि तथा पशु सेवा प्राविधिकको व्यवस्था गरी कृषकहरूलाई सेवा प्रदान गरिनेछ ।
२५. परजिवी नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
२६. तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
२७. लोपउन्मुख हुदै गएको पशु (बाख्रा तथा भेडा) पालनलाई प्रवद्र्धन गरिनेछ ।
२८. कृषि तथा पशु पालन क्षेत्रको विकासको लागि कृषकहरूलाई तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम संञ्चालनमा ल्याइनेछ ।
२९. “खोला खोल्सीको पानी, पाखाबारीको जिन्दगानी” नाराका साथ गाउँपालिकाका स–साना खोल्सा खोल्सी, कुवा जस्ता पानीका मुहान संरक्षण गरी कृषि कार्यमा प्रयोग गरिनेछ ।
३०. गाउँपालिका स्तरीय कृषि उपज सङ्कलन केन्द्र स्थापना गरिनेछ । गाउँपालिकाको केन्द्र धोवीमा डेरी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
३१. नर्सरी प्रर्वद्धनका लागि १ वडा १ नर्सरी कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ साथै कृषिजन्य बोटविरुवाको आयत न्यूनिकरण गरिनेछ । स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ ।
३२. सङ्घीय सरकारको नीति बमोजिम भूमिको खोजी र प्रविधिको संयोजनमा कृषिभूमिको सदुपयोग गरी कृषिको व्यवसायिक उत्पादन बढाउन भूमिबैँकको स्थापना गरिनेछ । भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गरी करार, व्यावसायिक, सहकारी र सामूहिक खेती गर्न समुदायको समन्वयमा एकै प्रकारका बाली लगाउने व्यवस्था मिलाइनेछ ।