नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, काठमाडौमा थप एक जनाको मृत्यु
१९ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ३१ जनाको मृत्यु भइसकेको छ ।कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।