बर्दीमा दाग लगाउनेमाथि निर्मतापूर्वक कारवाही हुन्छः महानिरीक्षक थापा



२५ असार,  काठमाडौं ।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनभित्र गलत काम गर्नेमाथि निर्मतार्पूक कारवाही हुने बताउनुभएको छ । उहाँले कानुन कार्यान्वयन गराउने संगठन भएकाले बर्दीमाथि दाग लगाउनेमाथि कडा कारवाही हुने बताउनुभएको हो ।
दज्र्यानी चिन्ह शुसोभित भएपछि महानिरीक्षक खनालले व्यावसायिक निष्ठाका साथ राष्ट्रसेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरोपुरा तागत यसमा लगाउने वाचा गर्दछु ।’

‘हामी कानुन कार्यान्वयन गर्ने निकाय हौँ, कानुन उल्लङ्घन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा हुँदैन, कसैले पनि बर्दीमा दाग लगाउने कोशिस गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने । आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने प्रतिबद्धता व्यक्ति गरे ।

कार्यक्रममा गृहमन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ कर्मचारी एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बिहीबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । प्रहरी महानिरीक्षक थापा क्षेत्री प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा। आशा सिंह र हरिबहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधानकार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाइ अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै प्रहरी प्रधानकार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्