विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्छः सांसद श्रेष्ठ



१२ भदौ, काठमाडौं ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्ने बताउनुभएको छ । सरकारले अगाडि सारेको नीति तथा कार्यक्रमलाई सफलतापूर्व कार्यान्वयन गरेर लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेर घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएकाले पुनः एक कार्यकाल निरन्तरता दिनुपर्ने बताउनुभएको हो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै सांसद श्रेष्ठले घिसिङले अगाडि सारेको अधुरा आयोजना सम्पन्न गर्न पनि एक कार्यकाल पुनः नियुक्ति गर्नुपर्ने आग्रह गर्नुभयो । ‘घिसिङले राम्रो काम गरेर सबैको मन जित्न सफल हुनुभएको छ’, उहाँले भन्नुभयो,‘जनताको चाहना र भावनाको सम्बोधन गर्न र प्राधिकरणलाई थप समृद्ध बनाउन पनि सरकारले पुनः निरन्तरता दिने विश्वास छ ।’

 

प्रतिक्रिया दिनुहोस्