कोरोना संक्रमितलाई काठमाडौंमै व्यवस्थापन गर्ने दोरम्बा गाउँपालिकाको निर्णय
१४ भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिकाले काठमाडौमा कोरोना संक्रमित भएका गाउँपालिकावासीको व्यवस्थापन खर्च व्यहोर्ने निर्णय गरको छ । काठमाडौमा ज्याला मदजुरी गरेर खाने र रोजगारीको शिलसिलामा कोठा भाडामा लिएर बस्ने व्यक्तिहरुलाई कोरोना संक्रमित भएको अवस्थामा उनीहरुको व्यवस्थापन गाउँपालिकाले गर्ने निर्णय गरेको हो ।
अध्यक्ष मोक्तानले रामेछाप न्युजसँग भन्नुभयो,‘दोरम्बा गाउँपालिका स्थायी ठेगाना भइ काठमाडौंमा ज्याला मजदुरी तथा पेसा व्यवसाय गरेर बस्नु भएका नागरिकहरुमा कोरोना संक्रमण भै यथास्थानमा बसोबास गर्न समस्या भएकाहरुलाई सुरक्षित बसोबासको व्यवस्थापनको लागि दोरम्बा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख कमल भट्टराईको सम्पर्क नम्बर ९८४१२०८१७३ नम्बरमा सम्पर्क गर्न आग्रह गर्दछु ।’
उहाँका अनुसार दोरम्बा गाउँपालिकाका कोरोना संक्रमित नागरिकहरुलाई अस्पताल, होटल र पार्टी प्यालेस लगायतको ठाउँमा उचित व्यवस्थापन गरिनेछ । काठमाडौंमा कोरोना संक्रमित नागरिकहरुलाई गाउँ फर्काउदा समुदायमा सर्ने त्रास बढी हुने भएकाले अपठ्यारोमा परेका नागरिकहरुलाई काठमाडौंमै व्यवस्थापन गर्ने अध्यक्ष मोक्तानले बताउनुभयो ।