रामेछापको गोकुलगंगा गाउँपालिकामा १० हजार टन आलु उत्पादन



१७ भदौ, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाभित्र यस बर्ष १० हजार टन  भन्दा बढी आलु उत्पादन भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकासको लागि अगाडि सारेको नीति तथा कार्यक्रम प्रभावकारी बनेसँगै आलु उत्पादनमा पनि बृद्धि भएको हो । कृषि क्षेत्रको विकासबाटै गाउँपालिकालाई समृद्ध बनाउने नीति अनुरुप काम गर्दै आएको छ ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले यस बर्ष मात्र गाउँपालिकाभित्र १० हजार टन आलु उत्पादन भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र उत्पादन भएको आलु सदरमुकाम मन्थली र राजधानी काठमाडौमा विक्रि वितण गरिएको छ ।

अध्यक्ष सुनुवारले भन्नुभयो,‘गाउँपालिकाबाट निर्यात हुने आलु बापत गाउँपालिकाले एक लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।’ बागमती प्रदेश सरकारले पनि गोकुलगंगा गाउँपालिकालाई आलु पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । यसअघि संघीय सरकारबाट पनि गाउँपालिकालाई आलु पकटे क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।

अध्यक्ष सुनुवारले आलु उत्पादनको लागि राम्रो माटो र हावापानी मिलेकाले गाउँपालिकाभित्र व्यवसायिक रुपमा आलु उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकाे  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्