रामेछापमा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी



१८ भदौ, रामेछाप ।
कोरोना भाइरसको संक्रमण देशव्यापी रुपमा बढिरहेको बेला जिल्ला प्रशासन कार्यालय रामेछापले थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी थालेको छ । जिल्लाभित्र संक्रमितको संख्या धेरै नबढे पनि छिमेकी जिल्लाहरुमा संक्रमितको बढने क्रम देखिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जारी निषेधाज्ञा थप एक साताको लागि लम्ब्याउने तयारी गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निषेधाज्ञाको विषयमा निर्णय गर्न आज जिल्ला सुरक्षा समितिको बैठक बोलाउने तयारी गर्नुभएको छ । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढन नदिन भदौ पहिलो साताबाट जिल्लामा निषेधाज्ञा घोषणा गरिएको थियो । तर यस पटक निषेधाज्ञाको मोडालिटी केही फरक हुने बताइएको छ । जिल्लामा निषेधाज्ञा जारी गरिए पनि अत्यावश्यक सेवाहरु सुचारु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्